...

Saturday 18th July 2026

बिष्णु सापकोटाको पहलमा बाग्लुङको बनहुँले पाउँने भयो बिद्यालयको नयाँ भबन र एम्बुलेन्स

जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्री सरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको निर्माण गरिने भएको छ ।जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोगमा बिद्यालयको नयाँ भबन निर्माण सँगै बिद्यालयको लागि आवश्यक सामाग्री र एम्बुलेन्स समेत बिद्यालयलाई हस्तान्तरण गर्न लागिएको जापान स्थित प्रमुख सहजकार्ता बिष्णु सापकोटाले जानकारी दिनु भएको छ ।

२०४५ माघ २१ मा स्थापना भएको उक्त प्राथमिक बिद्यालय २०७२ सलमा गएको महा भुकम्पको कारणले क्षतीग्रस्त भएपछी पठन् पाठनमा केही समस्या भएको थियो । नयाँ भबनको निर्माण सँगै बनहुँमा शिक्षाको नयाँ बिहानिको सुरुवात हुने शिक्षा प्रेमी,समाज सेवी तथा बिद्यालय निर्माणका स्थानिय अभियान्ता प्रेम सपकोटा“सचिब”सचिब बताउनु भयो । हाल पनि एक सय भन्दा बढी बिद्यार्थी अध्ययन गरिरहे उक्त बिद्यालयमा एक घण्टाको पैदाल दुरी देखी बिद्यार्थी अधयनको लागि आउने गर्दछन । बिद्यालय निर्माणकार्य आगामी मंसिर दोस्रो साता बाट संचलन गरी चैत्र मसान्त सम्पन गरिने लक्ष्य रहेको प्रेम सपकोटा “सचिब”ले बताउनु भयो।

यस्सै बिच जिल्लाको दुर्गम मानिने बनहुँ २ ले प्राप्त गर्ने एम्बुलेन्स सेवालाई श्री सरस्वती प्राथमिक बिद्यालयले संचलन गर्ने छ ।स्थानिय सडक
अब्यबस्थित भएकोले बिरामी भएको समयमा यातायातका साधन पाउन समस्या परेको थियो । एम्बुलेन्स प्रप्ती पछी अती आवश्यक समयमा अस्पताल जान
सजिलो हुने भएको छ ।लामो समयको प्रयास पछी आफ्नो योजना सफल हुन लागेकोमा खुशी प्रकट गर्दै सहयोगी सबैलाई बिष्णु सापकोटाले धन्यवाद ब्यक्त गर्नु भएको छ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...