...

Wednesday 24th June 2026

बाग्लुङको बनहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको नयाँ पक्की भबनको शिलान्यास कार्य सम्पन्न

जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको शिलान्यास गरिएको छ ।
समाज सेवी धनपति सापकोटा प्रमुख अतिथी रहनु भएको एक कार्यक्रमका ८४ बर्ष पार गरिसक्नु भएका अग्रजहरु धनपति सापकोटा सहित आग्रज समाज सेवीहरु नरिश्वर सापकोटा, कृपा राम अम्माई, हरिलाल सापकोटा र श्यामलाल सापकोटाले धर्मिक बिधी पूर्वक जग पूजा गरी संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
स्ट्रेन्थ डेवलोप्मेन्ट प्रालीको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न हुने चार कोठे पक्की भबन आगामी फागुन मसान्त सम्म तयार पारीसक्ने लक्ष्य रहेको कम्पनीका प्रमुख जगन अम्माइले जानकारी दिनु भयो।

२०४५ माघ २१ मा स्थापना भएको उक्त प्राथमिक बिद्यालय २०७२ सलमा गएको महा भुकम्पको कारणले क्षतीग्रस्त भएपछी पठन् पाठनमा केही समस्या भएको थियो ।
बिद्यालयका प्रधानाध्यापक छबिलाल सापकोटाले तोकिएको समयमा बिद्यालय भबनको निर्माणकार्य सम्पन्न हुने कुरामा आफु ढुक्क रहेको बताउदै नयाँ भबनको निर्माण सँगै बनहुँमा शिक्षाको नयाँ बिहानिको सुरुवात हुने बताउनु भयो।
बिद्यालय निर्माणकोलागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबलाई बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ॠषिराम सापकोटाले धन्यबाद दिदै आगामी दिनहरुमा पनि निरन्तर रुपमा सहयोगकालागि अनुरोध गर्नु भएको छ ।
यसै बिच जिल्लाको दुर्गम मानिने बनहुँ २ ले प्राप्त गर्ने एम्बुलेन्स सेवालाई श्री सरस्वती प्राथमिक बिद्यालयले संचलन गर्ने छ ।स्थानिय सडक अब्यबस्थित भएकोले बिरामी भएको समयमा यातायातका साधन पाउन समस्या परेको थियो । एम्बुलेन्स प्रप्ती पछी अती आवश्यक समयमा अस्पताल जान सजिलो हुने भएको छ ।लामो समयको प्रयास पछी आफ्नो योजना सफल हुन लागेकोमा खुशी प्रकट गर्दै सहयोगी सबैलाई सुन्दर बनहुँका अध्यक्ष प्रेम सापकोटा र उपाध्यक्ष बिष्णु सापकोटाले संयुक्त रुपमा धन्यवाद व्यक्त गर्नु भएको छ।।

 

 

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...