...

Thursday 28th March 2024

ढाका टोपीको इतिहास, छोरी मान्छेले पनि किन लागाउने ? र, वर्षमा एक दिन मात्र लगाउनेहरुलाई के भन्ने ?

म त ढाका टोपी लगाउन टोपी दिवस भन्ने दिन पर्खेर बस्दिनँ, सधैँ लगाउँछु, तर यो दिन मात्र कुरेर बस्नेहरुलाई पनि सम्मान नै गर्छु,
यहाँ भने प्रसंग अलिकति फरक छ,
कुरा के भने,

ढाका टोपी छोरीहरुले लगाएर फेसबुकमा फोटो राखेकोमा केही इतिहासलाई सम्मान गर्न नसक्ने मूर्ख, अध्ययनहीनहरुले हेलाँ गरेर लेखे, उडाउन खोजे । लगाउनेहरुलाई पनि थाहा थिएन कतिलाई । तर, मैले २०५८ मै एउटा अनुसन्धानात्मक शोध गरेर प्रकाशित पनि गरेको थिएँ ।

शोधको मुख्य स्रोत इतिहासकार द्वय ज्ञानमणि नेपाल ज्यू र हरिराज जोशी ज्यूलाई बनाएको थिएँ ।त्यो रिसर्च सबै यहाँ राख्न सम्भव छैन, यसका लागि डम्बर कुमारी खाष्टो भन्ने बाहिर पातलो जालीले मोडेको ढाकाको खाष्टो पाइन्छ अहिले पनि इन्द्रचोक लगायत झण्डै एक सय ५० वर्ष पुराना ढाकाका कपडा बेच्ने पसलहरु, त्यहाँ गएर सोध्नुस् साथीहरु ! त्यसको नाम कसरी डम्बर कुमारी खाष्टो(ढाकाको नै) भयो भनेर, अनि थाहा हुन्छ यो कति पुरानो हो ।

जंगबहादुरकी बैनी डम्बर कुमारी जंगबहादुरसँग रिसाएर देश छोडेर बंगलादेश पुगेकी थिइन्, जंगबहादुरको फकाउने बानी थिएन, उनी आफैँ फर्केर आइन्, आउँदा केही तकनिकी (कपडा बुन्न जान्ने मान्छेहरु) लिएर आइन् । त्यहाँको कपडामा नेपाली पाराको बुट्टा बनाउन लगाइन् , बंगलादेशमा त्यो कपडाको टोपी चाहिँ लगाउने चलन थिएन। उनले नयाँ पाराको नयाँ बुट्टा भएको नेपाली पाराको बुट्टा पनि राखेर टोपी बनाइन् र जंगबहादुरलाई फकाउन टोपी लगाइदिइन् अनि बोलचाल शुरु भयो ।

जंगबहादुरले प्रशंसा गरे नयाँ आफ्नै पाराको टोपी नेपालीहरुको भयो भनेर । उनले लगाए । पछि अन्य भारदारहरुले पनि लगाउन थाले । यस्तो टोपी, यस्तो पाराको बुट्टाको अहिले पनि बंगलादेशमा लगाउँदैनन् स्थानीयले । त्यो बनेको नै हाम्रो आफ्नो हो । उनीहरु त्यसको टोपी लगाउँदैनथे त्यो बेला पनि । धेरै समुदायमा अहिले पनि विवाहमा टोपी लगाउनै पर्ने र अविवाहित पुरुषलाई टोपी लगाउन अनुमति नहुने समय पनि थियो, अविवाहित महिलाले सिन्दुर लगाउन अनुमति नभएजस्तो ।

यो टोपी बंगलादेशबाट आएको हो भन्नेहरुको भनाइ घाँसीले घाँस बेचेर कुवा खनाउने हावादारी कथा मोतीरामले भानुभक्तको प्रेरणाको बारेमा कथेजस्तो हो । किनकि त्यो बेला त के अहिले पनि तनहुँको रम्घा गाउँमा घाँस बिक्री हुँदैन, त्यो बेला घाँस किनेर कोही पनि गाइैभैसीलाई खुवाउँदैनथ्यो । त्यसो गर्नुभन्दा गोठालो राख्नु फाइदा हुन्थ्यो, त्यस्तै ढाका टोपी न त्यो बेला बंगलादेशीले लगाउँथे, न अहिले नै । त्यो हामीले बनाएको हो ।

डम्बर कुमारीले बनाएको हो पहिलो पटक, जोसुकैको छोरी बैनी होस् एक नेपाली चेलीले बनाएको हो । उनले सिर्जनशील रुपमा नेपाली उद्योगको युग शुरु गरिन्, उनी क्रिएटिभ थिइन् । त्यसैले अहिले टोपी छोरीहरुले लगाएर फेसबुकमा फोटो राखेकोमा इतिहासलाई सम्झौँ कि यो छोराले लगाए पनि छोरीले नेपाली उद्योग शुरु गरेको खुसीमा पनि नारी उद्यमशीलता, सिर्जनशीलताको प्रतीक पनि हो । बंगलादेशबाट आएको भन्नेहरुको भ्रममा नपरौँ ।

अमेरिकी ट्विन टावरमा अट्याक गरेपछिको समयमा अमेरिकामा राष्ट्रिय झण्डाको प्रयोग बढ्यो, माग बढ्यो, अमेरिकाले आफै उत्पादन गर्न भ्याएन, चीनले अमेरिकाको राष्ट्रिय झण्डा बनाएर सप्लाई गरिदियो । कुनै विवाद भएन, आफ्नो मान्छे र आफ्नो चीज जहाँबाट आए पनि आफ्नै हुन्छ हा हा । जम्मामा छोराले लगाउने भए पनि छोरीको योगदान, सिर्जनशीलता र उद्यमशीलताको इतिहासको सम्झना पनि हो ढाका छोरीहरुले लगाउनु भनेको । लगाउनु पर्छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...