...

Wednesday 24th June 2026

जापानको कान्साइमा नेपाली भाषाको कक्षा सञ्चालन हुने

जापानको कान्साइमा आगामी फेब्रुअरी महिनाको सात तारीक देखी प्रगति ल्याङ्ग्वेज स्कूलले नेपाली, अंग्रेजी र जापानी भाषाहरुका कक्षाहरु सञ्चालन गर्ने भएको छ ।ओसाका ५४१-००४१ स्थित किताहामा २-३-१०, चू ओ कु को आठौ तलामा रहेको वि आइ पि कान्साइ सेन्टरमा कक्षाहरु सञ्चालन गरिने प्रगति ल्याङ्ग्वेज स्कूलकी प्रमुख मेगुमी ओरिताले जानकारी दिनु भयो । प्रारम्भमा साप्ताहिक रुपमा प्रत्येक बुधवार दिउँसो ४:३० बजे देखि ५:३० बजे सम्म कक्षाहरु सञ्चालन गरिने र यसलाई बिस्तारै बिस्तार गरिँदै लैजाने योजना रहेको प्रमुख मेगुमी ओरिताले बताउनु भयो ।
कक्षा कोठाको  क्षमता हाल अधिकतम २० जना  रहेकोले यस बाट सुरु गरी क्रमश थप गरिँदै लैजाने बाताइएको छ। प्रगति ल्याङ्ग्वेज स्कूलले नेपाली, अंग्रेजी र जापानी भाषाहरु सिकाउनुका साथै उच्च शिक्षाको सल्लाहा तथा क्यारियर निर्देशन,जापानमा छात्रवृत्तिको जानकारी,स्कूल अध्ययनको लागी सहायताका साथै ट्यूशन कक्षाहरु समेत सञ्चालन गर्नेछ ।
बिदेशमा बसे पनिआफ्नो भाषा र संस्कृति नबिर्सौं र आफ्ना छोराछोरी,परिवारलाई सिकाऔं भन्ने उद्देश्यका साथ भाषा कक्षाहरु सुरु गर्न लागिएको प्रगति ल्याङ्ग्वेज स्कूलले बताएको छ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...