Saturday 11th July 2026
उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीताको विजेता स्नेहा दाहाल
६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर दीपश्री क्रिएटिभ मिडियाले राजधानीमा उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । एघार विद्यालयबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पायोनियर पब्लिक स्कूलमा अध्यनरत छात्रा स्नेहा दाहालले पहिलो स्थान हात पारिन ।
यसैगरी गोल्डेन गार्डेन स्कूलकि छात्रा पूर्णीमा चौधरी दोस्रो भईन भने सेन्ट जर्ज इन्टरनेश्नल स्कूलकी छात्रा वितिसा बुढाथोकी तेस्रो स्थानमा रहीन् । प्रतिस्पर्धात्मक प्रतियोगीतामा यूनिभर्सलका कुमारी लिम्बु र डेनेव एकेडेमीका अमृत चपांई शान्तोना भएका थिए ।
वरिष्ठ कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न वक्तृत्वकला प्रतियोगीताको सभापतित्व दीपश्री क्रिएटिभ मिडिया वानेश्वर शाखा प्रमुख सुमु शर्मा रहेकी थिइन् । सानै उमेरदेखीनै बोल्ने कलाको विकास भएमा भविष्यमा एउटा कुशल नेतृत्वको विकास हुनेमा जोड दिदै डा. लम्सालले आफ्नो पच्चिस वर्ष बोल्ने कलामा आफुलाई समर्पित गर्दाको अनुभव सुनाएका थिए ।
वर्तमान समयमा प्रजातन्त्रको अवस्था, संयता र लोकतन्त्रको गरिमाका विषयमा आफ्नो विचारहरु व्यक्त गरिरहेका प्रतिस्पर्धीहरुको विचारहरुलाई चर्चित कविहरु हेम प्रभास र वलराम दाहालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
एक दशक देखी बाल प्रतिभालाई सबैसामु चिनाउनका लागी यस संस्था लागीरहेको बताउँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने कार्यक्रम संयोजक प्रह्लाद दाहालले बताए । कार्यक्रमलाई सह(आयोजकका रुपमा नेपाल डेरी एसोशिएसनले सहकार्य गरेको थियो । प्रतियोगीतामा विजेताहरुले क्रमश तिनहजार, दुईहजार, एकहजार र सान्तोजना दुई जनाले पाँचसय सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...