...

Monday 22nd June 2026

गन्तव्य

नेत्र एटम

झिस्मिसे हुनुअघि नै
कृयाशील भएका छन्
काभ्रोको रुखमा आशृत चराहरु
जगर पारेर ठाडो
सचेत आवाज निकालिरहेछ
बकैनाको कापमा बचेरा हुर्काइरहेको कौवा
ढोकाको जालीबाट छिरेको छ
मन्दमन्द शीतल पवन
गाउँ सम्झाउँदै छ कुर्के ढुकुरको लययुक्त स्वर
छिमेकीको घरबाट
घाँटी तन्काएर बासिसकेको छ रातो समय
बुझ्नुभयो नि !
पूर्वको पहाडबाट उदाउने बालसूर्यको सङ्केत गरिरहेछ प्रकृति
बिउँझेको छु म पनि सम्पूर्णत:
उज्यालोको ऊर्जा समाहित गरेर आफ्नो मन र शरीरमा
गतिशील भइरहेछु बाटोतिर
फुक्काफाल छन् पाइला
जहाँ पुग्छु
त्यहीसम्म नै हो मेरो
प्रिय गन्तव्य ……….

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...