...

Wednesday 1st May 2024

छोरीलाई मिस गर्दा जंगली फूलहरुको संकलन…

© स्वागत नेपाल

मान्छेले परिवारका सदस्य वा कसैलाई मिस गर्दा पनि त्यसलाई मिस गरिने व्यक्तिकै कारण पनि त्यो क्षणलाई सिर्जनात्मक बनाउन सक्ने रहेछ भन्ने कुराको उदाहरण म आफैँलाई थाहा नभई, म आफैँ बन्न पुर्गे यस पटकको मेरो यात्राका क्रममा ।

मैले त्यस्तै कारणले यो पटकको मेरो १० दिनको यात्रामध्ये ८ दिनको पैदल यात्रालाई मैले थाहा नपाई सिर्जनात्मक बनाउन पुगेँ । र, रसुृवा जिल्लामा पहाडी र हिमाली क्षेत्रका जंगली फूलहरुको लगभग पूरैजसो संकलन गर्न पुगेँ ।

कुरा के भने मेरी सानी छोरी शिक्षा जहाँ पनि फूल देख्ने बित्तिकै फोटो खिच्न थालिहाल्छिन् । म उनलाई बाटोघाटो हिँड्दा कुरेको कुर्र्यै गरेर हैरान हुन्छु । यस पटक मसँग मित्र भिष्मराज शिवाकोटी र एकजना गाइड कम पोर्टर स्थानीय छोवांग तामांग बाहेक अरु कोही थिएन ।

जब जब जंगलमा ससाना भुइँर्मै टाँसिएका देखि टाढाटाढा भित्ता र रुखहरुमा झुण्डिएर फुलिरहेका घरमा सजाएर राखिएका प्लाष्टिकका र गमलामा स्याहार गरिएका भन्दा पनि सुन्दर फूलहरु देख्थेँ अनि शिक्षालाई सम्झन्थेँ, उनी भएकी भए यो यात्रामा झन् कति धेरै ती फूलका फोटोहरु खिचेर होटेलहरु नभएका बाटामा वीचमै टेन्ट टाँगेर वास बस्नु पर्ने हुन्थ्यो होला ।

मैले सोचेँ उनलाई देखाउन पनि फूलहरुका तस्वीर खिच्नु पर्यो । मैले एउटा दुइवटा फूलहरुका फोटा खिच्दाखिच्दै मेरा मित्र जसलाई म दाजु मान्छु भिष्मराज शिवाकोटीका लागि पो मेरी छोरीजस्तो हुन पुगेछु । उहाँ निक्कै अघि बढिसकेको हुनुहुन्थ्यो म फूल खिच्दाखिच्दै निक्कै प िछ । सायद मैले संकलन गरेका फूलहरुलाई अनकल्टिभेटेड फ्लावर्स फ्रम द हिमालयज नाम दिन सकिन्छ होला ।

मैले यात्राभरि जंगली फूलहरु जो कल्टिभेट गर्ने हो भने राम्रो बजार बन्न सक्छ विभिन्न थरीका गरी करिब ४ सय ५० को संख्यामा खिचेँ हुँला । ती मध्ये केही फूलहरु यहाँ राखेको छु ।

हेर्नुस् घरमा सजाइएका प्लाष्टिकका शोकेसका र गमलाका फूलभन्दा स्वतन्त्र जंगलमा फुलेका फूलहरु कति सुन्दर हुन्छन् । सम्भवतः पहिलो पटक व्यवस्थित रुपमा जंगली फूलहरुको तस्वीर संकलन हुनुपर्छ भन्ने मेरो दावी छ ।

यी तस्वीरहरु अनुमति बिना अन्यत्र प्रयोग नगरिदिनुहुन अनुरोध पनि गर्दछु ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...