Wednesday 24th June 2026
जापानको टोक्योमा नेपालको विकास सम्भावना बारे अन्तर्क्रिया सम्पन्न
नेपाललाई माया गर्ने र नेपालको विकासका क्रियाकलापमा संलग्न जापानी नागरिकहरु र नेपाली बौद्धिक समुदायबीच टोकियोमा अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार ( २८ गते) नेपाललाई नजिकबाट नियालेका जापानी नागरिकहरु र जापानमा रहेका नेपाली बौद्धिक बर्गले नेपालको विकास सम्भावनाबारे गहन छलफल गरेका हुन् ।
जापानको साईतामा विश्वविद्यालयका प्राध्यापक ईतो यूकीले नेपाली विद्यार्थीहरुको जापान आगमन र उनीहरुको अवस्थाबारे छोटो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागिले आफ्ना विभिन्न जिज्ञासा तथा सुझावहरु राखेका थिए । । अनौपचारीक रुपमा गरिएको सो कार्यक्रममा नेपालका लागि पूर्व राजदुत लगाएत लामो समयसम्म नेपालमा जीवन व्यतित गरेका र विकास प्रक्रियामा संलग्न भएका जापानी समुदायको पनि उपस्थिती रहेको थियो । त्यस्तै, कार्यक्रममा जापानलाई कर्मथलो बनाई अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा संलग्न नेपालीहरुको सहभागिता थियो । कार्यक्रमको संयोजन टोकियोस्थित टोयो विश्वविद्यालयका उप–प्राध्यापक वीरेन्द्र भैलाले गर्नु भएको थियो ।
करिब ३ घण्टा चलेको उक्त कार्यक्रमले नेपाली र जापानी समुदायबीच थप सम्बन्ध सुमधुर बनाउनको साथै नेपाललाई आगामी दिनहरुमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयम पनि गहन छलफल गरेको छ । टोक्यो स्थित जेनतुन्देइ मेडिकल विश्वविद्यालयका उप–प्राध्यापक डा. लक्ष्मीकुमार पराजुलीले कार्यक्रमले दुइ देशबीचको सम्बन्धमा थप नवीनतम् छाएको धारणा व्यक्त गर्नु भएको थियो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...