...

Friday 29th March 2024

भाषा पढौ तर पास्पोर्ट र पैसा न बुझाउ

-डि. पि. सापकोटा सुरेश

अहीले नेपाली श्रमबजार एउटा कुरा ले सारै तताएको छ । जापानमा रोजगारी । हुन त बैदेशिक रोजगारी खुल्दैमा खुसी हुनुपर्ने होइन ।तर एउटा श्रमको लागी योग्य युवा चोकमा क्यारमवोर्ड खेल्दै अथवा मोवाइल चलाउदै अथवा रोजगारी खोज्दै भौतारीनु भन्दा बैदेशिक रोजगारमै भए पनी गएर आफ्नो परीवारको लागी केही गर्छु भन्नु नराम्रो होइन । खाडी मुलुक मा जोखीमयुक्त काम र कम पारीश्रमीकमा काम गरीराखेको नेपाली दाजु भाइ दिदी वहीनी हरुलाइ यो खुसी को खवर नै हो ।

रोजगारी को लागी जापान एक आकर्षक गन्तव्य बन्न सक्नेमा दुइमत छैन । जापानको निरन्तर घट्दो जनसंख्या र बढ्दो अाश्रीत जनसंख्याको कारण अहिले जापानमा श्रमिकको अभाव भइराखेको छ । मिजासीला जापानीहरुसंग काम गर्दा विश्वको अरु कुनै देशका मालीक संग काम गर्दा भन्दा सजीलै हुन्छ । पारीश्रमीक पनी राम्रै मिल्छ । सुविधा सम्पन्न ठाँउ भएकोले धेरै कुरा राम्रो हुन्छ होला भन्ने लाग्छ ।

अहिलेको जापान सरकारले श्रमीकको कमी भएको कारण धेरै ठुला कम्पनीहरु विदेशमा शाखा खोल्न बाध्य भएको र साना कम्पनीहरु पनी बन्द हुने अबस्थामा पुगेको भनी बिदेस बाट दक्ष र अदक्ष कामदार भित्राउने भनी गरेको प्रस्तावमा बिपक्षको विदेशी कामदार माथी शोषण हुन सक्ने सामाजीक संरचना बिग्रीन सक्ने लगायतका बिरोध बिच ३ महिनाको रस्साकसी पछी विदेशी कामदारको लागी बिभीन्न ठाँउमा सयौ परामर्स केन्द्र खोल्ने सहमती भइ नोवेम्वर २४ तारीखमा विधयक पास भएपनी पहिलो चरणमा चिन भियतनाम फिलीपीन्स लगायत ७ देश मात्र सिफारीसमा परे र मंगोलीयालाइ प्रस्तावीतमा राखेपछी नेपाली दुताबास नेपाल सरकारको सक्रीयतामा नेपाललाइ पनी प्रस्तावितमा राखी डिसेम्वर २५ मा सिफारीस गर्यो ।

यसै बिचमा नेपालमा दलालहरु सल्वलाउन थाली सकेको पनी जानकारी आएको छ । तीन लाख जानाको कोटा आएको छ महिनाको ३ लाख तनखा आदी आदी । यो बिल्कुलै गलत कुरा हो । मलाइ पनी जापान आउन खोजीरहेका केही दाजु भाइ ले यस्तै प्रकृतीका प्रश्नहरु गर्नुभयको थियो । त्यसैलेम जापान मा बिगत १० बर्ष देखी बस्दै आएको र आफुलाइ जानकारी भएका कुराहरु अरु दाजु भाइ लाइ पनी बाड्नु पर्छ र ठगीन बाट बचाउनु पर्छ भन्ने उदेस्यले यो लेख लेख्दै छु ।

बल्ल जापान सरकारले आगामी अप्रील बाट विदेशी कामदार ल्याउने र नेपाल बाट पनी ल्याउने भन्ने निर्णय गरेको छ । कसरी ल्याउने कती ल्याउने भन्ने अझै निर्णय भइसकेको छैन ।तनखा पनी कम्पनीले निर्धारण गर्ने हो । नेपालका कन्सल्टेन्सी अथवा सरकार जापानको सरकारले पनी होइन । ल मानौ जापानको कुनै अमुक कम्पनी ले ३ लाख नै दिने भयो भने पनी । त्यसमा ट्याक्स काट्छ स्वास्थ्य बिमा अनिवार्य भनेको छ काट्छ । खान वस्नको लागी मासिक गर्दा १ लाख ५० हजारमा झर्छ । त्यसैले आवेशमा आयर ३ लाख पाउने आशमा १२ लाख वुझायर फुर्सदमा पछुताउनु नपरोस । तर भाषा भने सिक्दा हुन्छ । कुनै देशको भाषा सिकेर केही वेफाइदा छैन । फाइदै हुन्छ । कोरीया जस्तै जि टु जि (दुई देस बिचको सरकारी स्तर) हुने भन्ने कुरा छ । त्यो भयो भने झन राम्रो । तेयसैले भाषा सिकौ पैसा पासपोर्ट नवुझाउ ।

जनवरी ९ तारीखमा जापानका बिदेशमन्त्री तारो कोनोले नेपालको भ्रमण गरी नेपालको बिदेशमन्त्री संग नेपाल संगको हवाइ सम्झौता र कामदार कसरी लैजाने भनी प्राबिधक टोली बनाइ सम्झौता गरे संगै यो बिषय अझ दरीलो भएको छ ।
जापानले खोजेका कामदार भनेको उस्ले छुट्टाएका नर्सिन्ग ,कृषि ,मत्सपालन होटेल लगायत १४ क्षेत्रमा र सकेसम्म दक्ष कामदार हो । सहरी क्षेत्र भन्दा गाँउ क्षेत्रमा माग आउने सम्भावना बढी छ । हुनत नेपाल क शहर भन्दा जापान को गाँउ बढी बिकशीत छ । अव जापान आउन चाहने कामदारले कम्तीमा पनी यहाँको संस्कार संस्कृती अलीकती भएपनी बुझेर राम्रो संग भाषा सिकेर कुनै प्राविधीक काम सिकेर वस्नु भयमा भविश्य उज्जल हुने छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...